भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : २१ बजे

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण