चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप « Khabarhub

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​

चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो।

निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप ल्याइएसँगै अर्को हप्तादेखि लगाउन शुरु गरिने छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : १८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र