खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता | Khabarhub Khabarhub

खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् ।

पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा हालसम्ममा पुनःनिर्माणतर्फ नौ हजार ६८ र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता गरिएकामध्ये हालसम्म पुनःनिर्माणतर्फ नौ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोस्रो किस्ता बुझेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फ नौ हजार ६८ घर र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोस्रो किस्ता र ७१० लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् ।

कूल लाभग्राहीमध्ये पुनःनिर्माणतर्फ २४२ र प्रबलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको जनाइएको छ । निजी आवास पुनःनिर्माणका क्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै दोहोरो भुक्तानी लिएका तीन लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको रु ६० लाख अनुदान फिर्ता गरिएको जनाइएको छ ।

पुरानो प्रावधानअनुसार प्राधिकरणबाट १७ र हालको प्रावधानअनुसार ५१३ लाभग्राहीलाई प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । भूमिहीन लाभग्राही पाँचमध्ये चार जनालाई जग्गा खरिदका लागि रु दुई/दुई लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ जनासँग सम्झौता गरिएको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिइएको छ । थप भएको म्याद गत वैशाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशतमात्र प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले जानकारी दिनुभएको छ ।

पुनःनिर्माणअन्तर्गत हाल जिल्लामा तीनवटा गुम्बा पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित थेकछोक मेन्ट्रोल साम्ताङ छोलिङ गुम्बा र ऐँसेलुखर्क गाउँपालिकास्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ५९ बजे

मजदुरलाई संकट पर्दा पुग्ने नेता कमल गौतम

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै