कार दुर्घटनामा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईंको मृत्यु « Khabarhub

कार दुर्घटनामा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईंको मृत्यु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा प्रसाईको मृत्यु भएको हो ।

झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ५४ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चिनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६