सत्तारुढ एमाले निकट अनेरास्ववियुको प्रदर्शन, ताजा जनादेशमा जान माग « Khabarhub

सत्तारुढ एमाले निकट अनेरास्ववियुको प्रदर्शन, ताजा जनादेशमा जान माग


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको वातावरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो ।

 

संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नाराबाजी गरेका थिए। त्यस्तै राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बन्नुपर्ने र ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् ।

निर्दलीयताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको बताए ।

उनले लोकतन्त्र र संविधानमाथि हमला भइरहेको प्रति सबै जनतालाई सचेत गराउनुपर्ने धारणा राखे । निर्दलीय गठबन्धनले मुलुकलाई बन्धक बनाउने काम गरेको संगठनको आरोप छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका