काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ हजार ८७५ जना संक्रमित थपिएकोमा आज सो भन्दा केही बढेको पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा ४, झापामा १६२, धनकुटामा ७, ताप्लेजुङमा २, भोजपुरमा ३, मोरङमा १२९, संखुवासभामा ४, सोलुखुम्बुमा १ र सुनसरीमा ८९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १२, पर्सामा ४, बारामा २, महोत्तरीमा ४, सप्तरीमा ८, रौतहटमा ४, सर्लाहीमा २ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा २६१, काभ्रेमा ३७, चितवनमा ६५, दोलखामा १६, धादिङमा ४०, नुवाकोटमा ४६, भक्तपुरमा ४५, मकवानपुरमा ८०, रसुवा ४, रामेछापमा २०, ललितपुरमा ७४, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०८, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा १८, पर्वतमा ८, म्याग्दीमा ११, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ७, पाल्पामा ३०, प्युठानमा ३, बर्दियामा १, बाँकेमा ३, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा २१ जना छन्।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, हुम्लामा १२, डोल्पामा २, दैलेखमा ३ र सुर्खेतमा ३६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा २ र डोटीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया