नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, नेपाली रेलको पहुँचमा विस्तार « Khabarhub

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, नेपाली रेलको पहुँचमा विस्तार


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल-भारत रेल सेवा सम्झौता संशोधन भएको छ ।  ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’का प्रावधानलाई केही खुकुलो बनाउँदै नेपाली रेलको पहुँचमा विस्तार गरिएको छ ।

दुई देशबीच भएको सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज) पत्र शुक्रबार आदन-प्रदान भएको हो ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रमको नेतृत्व भारतका तर्फबाट भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए भने नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका थिए ।

सम्झौताको हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटर गाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन् । यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरूलाई लाभान्वित तुल्याउने अपेक्षा गरिएको छ ।

यस सम्झौतासँगै भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्न पाउने भएका छन् ।

मापदण्ड र प्रक्रिया अनुरूप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका माल डिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउनेछन् ।

यसले विशेष प्रकारका माल डिब्बामा बोकिने मोटर गाडी र अन्य केही वस्तुहरूको ढुवानी खर्चमा कमी ल्याउने अपेक्षा गरिएको छ ।

समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव तीर्थराज वाग्ले उपस्थित थिए।

दुवै देशका दूतावास एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ०८ बजे

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं– सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।