एएफसी यू–२३ च्याम्पियनसीप छनोट : नेपाल समूह ‘बी’ मा « Khabarhub

एएफसी यू–२३ च्याम्पियनसीप छनोट : नेपाल समूह ‘बी’ मा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२३ च्याम्पियनसीप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।

समूह ‘बी’ का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।

एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् । यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।

एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै