सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : राष्ट्रपतिको कार्यसम्पादन संविधानसम्मत (पत्रसहित) « Khabarhub

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : राष्ट्रपतिको कार्यसम्पादन संविधानसम्मत (पत्रसहित)


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति कार्यालयले संविधानको प्रावधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जवाफ सर्वोच्च अदालतमा पेस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारकाविरुद्ध दायर गरिएको मुद्दामा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारीअनुरुप राष्ट्रपतिद्वारा कार्यसम्पादन भएको तर्क गरेको हो ।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने समेत बताएको छ ।

संविधानको धारा ६१ को उपधारा (२) मा संविधान र संघीय कानून बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई रहेको लिखित जवाफमा उल्लेख छ ।

जवाफमा थप भनिएको छ, ‘राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न सिलसिलामा आफ्नो पदीय हैसियतले गरेका काम-कारवाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर मुद्दा चनलाइने’ भनी राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन, २०७४ को दफा १६ मा व्यवस्था गरी पदीय उन्मुक्तसमेत प्रदान गरेको र सम्माननीय राष्ट्रपति ज्यूबाट भएको उल्लेखित कार्यासम्पदनलाई राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारीसम्म गराएको हुँदा यस कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन हुँदा रिट बदरयोग्य छ ।’

जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद् विस्तार बदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले असार ८ गते आदेश दिएको थियो ।

यस्तो छ जवाफ

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ४८ बजे

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं– सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।