ड्युटी छोडेर ‘एभेन्जर्स: इन्ड गेम’ हेर्न पुगे सेनाका जवान, त्यसपछि… « Khabarhub

ड्युटी छोडेर ‘एभेन्जर्स: इन्ड गेम’ हेर्न पुगे सेनाका जवान, त्यसपछि…


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको राजधानी सियोलमा एक सेनाका जवानलाई थिएटर हल बाहिरबाट गिरफ्तार गरिएको छ । यहाँ एक सैनिक आफ्नो ड्युटी छोडेर तीन घण्टा लामो फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ हेर्न पुगेका थिए । उता सेनाका अधिकारीहरुले लामो समयसम्म ती जवानलाई नदेख्दा खोजी गर्न थाले ।

पछि थाहा भयो, उनी फिल्म हेर्न गएका रहेछन् । मार्भल फिल्मका यी निकै ठूला फ्यान रहेछन् । पछि खोज्दै जाँदा उनी ट्याक्सी ड्राइभरसँग सिनेमा घर गएको थाहा हुन आयो ।

पूरै फिल्म हेरेपछि ती जवान सिनेमा घरबाट बाहिर के आएका थिए, उनी गिरफ्तार भए । जवानले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई त्यो फिल्म हेर्नु थियो, त्यसैले आफ्नो साइट छोडेर फिल्म हेर्न गएँ ।’

उनीमाथि बिना अनुमति आफ्नो ठाउँ छोडेर गएको अपराधमा छानबिन शुरु भएको छ । सेनाका प्रवक्ताले आफ्नो मिसनमा ध्यान नदिएकाले कारवाही अगाडि बढाइएको बताएका छन् । यी जवानको नाम भने गोप्य राखिएको छ । समाचारका अनुसार उनी रिपब्लिक अफ कोरिया एअरफोर्समा कार्यरत थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ४५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका