राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सिंहको आफ्नै भाइले गरे हत्या « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सिंहको आफ्नै भाइले गरे हत्या


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन् ।

३१ वर्षीय भाइ साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी भोलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका सिंह दाजुभाइबीच घरायसी विवाद हुँदा घटना भएको हो । दाइ केही दिनअघि विदा लिएर घर आएका थिए ।

घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

लागूऔषध दुर्व्यसनमा फसेकाले साजनकी पत्नीले गत वैशाखमा औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेको भए पनि उनलाई परिवारले संरक्षण दिँदै आएको विषयमा दाजुभाइबीच विवाद भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न रहेका साजनलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना