राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सिंहको आफ्नै भाइले गरे हत्या « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सिंहको आफ्नै भाइले गरे हत्या


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन् ।

३१ वर्षीय भाइ साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी भोलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका सिंह दाजुभाइबीच घरायसी विवाद हुँदा घटना भएको हो । दाइ केही दिनअघि विदा लिएर घर आएका थिए ।

घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

लागूऔषध दुर्व्यसनमा फसेकाले साजनकी पत्नीले गत वैशाखमा औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेको भए पनि उनलाई परिवारले संरक्षण दिँदै आएको विषयमा दाजुभाइबीच विवाद भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न रहेका साजनलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ०८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच