एस जे मोटोको ‘अगस्टा सुपरभेलोचे सिरी ओरो’ मोटरसाइकल लञ्च « Khabarhub

एस जे मोटोको ‘अगस्टा सुपरभेलोचे सिरी ओरो’ मोटरसाइकल लञ्च


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एस जे मोटोले एमभी अगस्टा सुपरभेलोचे सिरी ओरोको लञ्च गरेको छ । एस जे मोटोले नेपालमा मोटरसाइकल र मोटरसाइकल संस्कृतीलाई मान्यता दिन अगस्टा सुपरभेलोचे सिरी ओरोको लञ्च गरेको जनाएको छ ।

बिहीवार एक कार्यक्रमकाबीच जनश्वास्थ्यको मापदण्डलाई पालना गर्दै सिमित मानिसहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको थियो ।

सुपरभेलोचे ओरो मोटरसाइकल विश्वप्रशिद्ध इटालिनय ब्राण्ड, एमभी अगस्टाको नियो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्री बाट व्युत्पन्न इन(लाइन तीन सिलिन्डर ईन्जिन र एक कम्याक्ट शरीर संरचना साथै नियमित डिजाइनको लागि सुविधा प्रदान गर्दै आएको छ ।

हाल ३ सय उत्पादन गरिएको उक्त मोटरसाइकल रेसिङ बिरासतबाट प्रेरित भएपनि यसमा उच्च प्रविधिको प्रयोग गरिएको छ ।

एस जे मोटो नेपालमा नयाँ र रिफर्बिस गरिएको सुपर बाइकहरुको लागि एक प्रीमियर मोटरसाइकल शोरुम हो । साथै यो अन्य एतिहासिक मोटरसाइकल र सुपर बाइकहरुको लागि संग्रहालय समेत रहेको कम्पनीले जनाएको छ । त्यसका साथै उक्त ग्यालेरीमा कफी सप समेत सञ्चालनमा रहेको छ जसले नेपाली संस्कृति झल्किने जैविक कफी समेत प्रदान गर्दछ । यसैगरी यो शार्क हेलमेट्स, सेगुरा बेयरिंग गियर्स, डीजेआई ड्रोनहरु र विशिष्ट एस जे मोटो व्यापारिक सामानको खुद्रा वितरक च्यानलपनि हो ।

कम्पनीले दिएको जानकारी अनुसारहाल एसजे मोटोसँग हाल एमभी अगस्टाका MV Augusta F3, MV Agusta F4, MV Augusta Dragster, MV Agusta Brustale 800, MV Agusta Turism Velove र MV Agusta Tourism Velcone Lusso बाइकहरु रहेका छन् । त्यतिमात्रै नभएर रिफर्बिस गरिएका बाइकहरु पनि बिक्री तथा वित्तीय सुविधाका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी एमभी सुपरलेभेलोचे वा अरु कुनै एमभी अगस्टा बाइक बुकिङ्ग गर्न चाहनेहरुले बाइकको शोरुम अथवा [email protected] मा ईमेल गर्नका लागि समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ०५ बजे

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने