कार्यदलको मस्यौदामा माधव नेपालको असहमति, एकताका लागि कार्यदलको कसरत जारी | Khabarhub Khabarhub

कार्यदलको मस्यौदामा माधव नेपालको असहमति, एकताका लागि कार्यदलको कसरत जारी


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको आन्तरिक विवाद समाधानका लागि एमाले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका छन् ।

आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतबार बिहान बोलाएर नेता नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन् ।

नेता नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्ने गरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएको स्रोतले जनायो ।

यस्तै नेपालले अध्यक्ष केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् ।

वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए ।

विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दाबी समेत नेपाल पक्षका नेताहरुको छ ।

अहिले सिंहदरबारमा कार्यदलको बैठक जारी छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : १५ बजे

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका