सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव « Khabarhub

सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ ।

आइतबार प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरिरहेको छ ।

प्रहरीका अनुसार निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको छ । शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ । प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ ।

सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ । हत्या आरोपमा श्रीमान मुकेश र देवर पक्राउ परेका छन् भने ससुरा अझै फरार छ ।

केही दिन अघि सुजिताको हत्या भएको खुल्ने केही प्रमाणहरू घर नजिकैको खेतमा भेटिएको थियो । माइती पक्षले हत्याको शंका गरेपछि सुजिताको शवलाई खेतबाट ल्याएर शौचालयको ट्याङ्कीमा गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यो पनि पढ्नुहोस्

महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य

सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ४८ बजे

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी

किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक