महोत्तरीकी सुजिताको हत्या : साढे एक महिनामा भेटियो शव, अभियुक्तद्वारा अपराध स्वीकार « Khabarhub

महोत्तरीकी सुजिताको हत्या : साढे एक महिनामा भेटियो शव, अभियुक्तद्वारा अपराध स्वीकार


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका–७, भ्रमपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको एक महिना सात दिनपछि शव फेला परेको छ । आइताबार प्रहरीले उनको आफ्नै घडेरीमा निर्माणाधीन शौचालयको ट्याङ्की भित्र गाडिएको आवस्थामा शव फेला पारेको हो ।

सुजिताको हत्या गरी काठ मिलको निर्माणाधिन शौचालयको ट्याङ्की भित्र गाडेर माथिबाट ढलान गरेको अवस्थामा शव फेला परेको हो ।

गत जेठ २० गते राति पारिवारिक विवाद भएपछि हत्या गरेको कुरा सुजिताका देवर रूपेश ठाकुरले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश २ प्रहरीका डीईजी उमेश रञ्जितकारले अभियुक्तले हत्या गरेको स्वीकार गरे पनि ठोस कारण नखुलेको बताए ।

उनका अनुसार पहिलेकै पहिले कपाल भटिएकै ठाउँमा खेतमका गाडिएको थियो । शव गह्नाएको संकेत पाएपछि निर्माणाधीन शौचालयमुनि गाडेर माथिबाट ढलान परेको प्रहरीको भनाइ छ ।

सुजिता बेपत्ता भएको २३ दिनपछि प्रहरीले घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा कपालसहित मानव अवशेष बरामद गरेको थिए । तर, शव फेला परेको थिएनन् । असार १३ गते प्रहरीले उत्खनन गर्दा केश, रगतले रातो भएको माटो, मलखाद, कपडा र शव गलाउन प्रयोग गरिएको नुनको प्लास्टिक बरामद गरेको थियो ।

अवशेष फेला परे पनि प्रहरीले सुजिताकै हो भन्ने पक्का भएको थिएन । हत्या आरोपमा पक्राउ गरेका सुजिताका श्रीमान र देवरबाट प्रहरीले ठोस आधार फेला पार्न सकेको थिए । माइती पक्षले असार २० गते ६ जना विरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अभियुक्तहरु फेला पारेको हो ।

हत्यापछिको डेढ महिना

घरमा अंशबण्डा गर्ने विषयमा विवाद थियो । यही विषयमा सुजिता निर्घात कुटिएकी थिइन् । यो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मिलापत्र भएर टुङ्गिएको थियो । माइती पक्षका अनुसार देवर रुपेश र उनका आमाबाबुले सुजितामाथि कुटपिट गरेका थिए । प्रहरीमा उनीहरुले अबदेखि कुटपिट नगर्ने वाचा गरेका थिए ।

सुजिताका श्रीमान् मुकेश सुस्त मनस्थितिका छन् । अंशबण्डाको विवाद गत जेठ १९ गते भएको थियो । त्यसको भोलिल्ट सुजिताका घरका मानिसले सुजिता परपुरुषसँग भागेको भन्ने हल्ला चलाए । दुई सन्तानकी आमा सुजितामाथि घरमा कुटपिट हुने गरेको र ज्यान मार्ने धम्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए । प्रहरीले सुजिताका एक जना पुरुष साथीलाई पक्राउ गरे पनि आरोप प्रमाणित भए । त्यसपछि जिल्ला प्रहरीले बेवास्ता गर्‍यो ।

माइती पक्षले सुजिता जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानी सरोज राय र गुञ्जा रायसँग भेट गरे । उनीहरुको सक्रियतामा असार दोस्रो साता प्रहरी अनुसन्धान शुरू भयो ।

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाति रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको थियो । भिडियोमा तोते बोलीमा रौनकले आमालाई काठ काट्ने मसिनले घाँटी रेटेर अंकल र हजुरबुबाले मारेको बताएका छन् । आमालाई मारेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

ससुरा अझै फरार

सुजिता हत्याका अभियुक्त ससुरा पतिराम अझै फरार छन् । हत्याको मुख्य योजनाकार उनी हुन भन्ने आरोप माइती पक्षको छ । माइतीले सुजिताको हत्यामा उनका श्रीमान मुकेशको संलगनता नरहेको अनुमान गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४४ बजे

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

बर्लिन – जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश