एमाले कार्यदल बैठक जारी, नेम्वाङ भन्छन् : आजै हस्ताक्षर गरेर युरो कप हेर्छौँ « Khabarhub

एमाले कार्यदल बैठक जारी, नेम्वाङ भन्छन् : आजै हस्ताक्षर गरेर युरो कप हेर्छौँ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)को विवाद समाधानका लागि कार्यदलको बैठक बिहानदेखि अर्थमन्त्रालयमा जारी छ । जारी बैठकमा आजै सहमति गर्ने गरी छलफल भइरहेको कार्यदल सदस्यहरुले बताएका छन् ।

विवाद समाधानका लागि दिनभर कार्यदलसदस्यहरु जुटे पनि अझै निष्कर्षमा पुग्न सकेका छैनन् ।

कार्यदलमा रहेका ओली पक्षका उपप्रधानमन्त्री विष्णु पौडेलले विवाद समाधानका लागि पहल जारी रहेको बताए ।

विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजै दुवै पक्षबीच हस्ताक्षर हुने गरी छलफल भइरहेको बताएका छन्।

‘विवाद टुंग्याउन भनेर हामी लाग्यालाग्यै छौं, बिहान ८ बजेदेखि हामी एउटै कोठामा छौं,’ बैठकबाट केही समयका लागि बाहिरिएका नेम्वाङले भने, ‘आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ।’

यसअघि नेम्वाङले हिजोको बैठकपछि आजै सुखद् समाचार सुन्न पाइने बताएका थिए ।

कार्यदल बैठक चलिरहेका बेला नेपाल पक्षका नेता घनश्याम भुसाल पनि बाहिरएका थिए ।

उनले कार्यदलमा भइरहेको छलफलका विषयवस्तुबारे नेता नेपालसँग परामर्श गरेर फर्किएका थिए । उनले कार्यदलमा हिजोअस्तिभन्दा खासै केही पनि प्रगति नभएको बताएका थिए।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ४५ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक