एमाले विवाद मिल्यो, मध्यरातमा कार्यदलले गर्‍यो १० बुँदे सहमति (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले विवाद मिल्यो, मध्यरातमा कार्यदलले गर्‍यो १० बुँदे सहमति (भिडियोसहित)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ ।

विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो ।

एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट १० बुँदे सहमति गरी हस्ताक्षर गरेर नेतृत्वसमक्ष प्रस्तुत गर्नेछौँ।’

१० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ ।

सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

प्रवक्ता ज्ञवालीले भने,‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्नेछौं ।’

हेरौँ भिडियो

सहमतिपत्रमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारी नै कायम राख्ने उल्लेख गरिएको छ ।

त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ ।

सहमतिपछि भोलिका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे सकिएको हो ।

यस्तो छ पत्र

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : २६ बजे

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच

विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड

मनाङ– हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा