फैसलाको स्वागत गर्दै नेपालले भने : यसपटक अदालतले आफ्नो गरिमा बढायो « Khabarhub

फैसलाको स्वागत गर्दै नेपालले भने : यसपटक अदालतले आफ्नो गरिमा बढायो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्चको फैसलाको स्वागत गर्दै नेता नेपालले संविधान, संसद र लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले भने, ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ ।’ अदालतले यस पटक आफ्नो गरिमा बढाएको उनको भनाइ छ ।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदलाई दलको ह्वीप नलाग्ने सर्वोच्चले आदेश दिएको छ । नेता नेपालले संविधानमा केही अस्पष्टता रहेको तर त्यो पनि ब्याख्या गरिदिएको बताए ।

यसैबीच माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको भन्दै आफूहरूको जित भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ४७ बजे

नेविसंघको नारा : विद्यार्थीको हातमा सिलिन्डर होइन, कलम चाहिन्छ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली

पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर)

पोखरा– पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय