अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमा उँचो राखेको छ : प्रचण्ड « Khabarhub

अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमा उँचो राखेको छ : प्रचण्ड


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए । प्रचण्डले सर्वोच्चले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको भन्दै धन्यवाद दिएका छन् ।

फैसलालाई ‘इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ बताउँदै प्रचण्डले नेपाल र नेपाली जनताको जीत भएको बताए । उनले भने, ‘अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ ।’

प्रचण्डले सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पनि बधाई र धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।’

पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति रहेको बताउँदै उनले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने उल्लेख गरे ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ११ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई