सीमा विवाद समाधानका लागि सैन्य वार्ता अघि बढाउन भारत-चीन सहमत « Khabarhub

सीमा विवाद समाधानका लागि सैन्य वार्ता अघि बढाउन भारत-चीन सहमत


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद टुंगो लगाउन फेरि सैन्य वार्ता अघि बढ्ने भएको छ ।

सीमा विवाद समाधानका लागि वार्ता अघि बढाउन दुबै पक्ष सहमत भएका हुन् । सीमा मामिला सम्बन्धी परामर्श र समन्वय (डब्ल्यूएमसीसी) को वर्किङ मेकानिजम्को भर्चुअल बैठकमा दुबै पक्षले विवाद समाधानका लागि वार्तालाई जारी राख्‍ने सहमति भएको हो ।

भारतको विदेश मन्त्रालयका अनुसार दुबै पक्ष सैन्य वार्तामाफर्त नै समस्या समाधानका लागि तयार भएपछि सीमा देखिएको तनाव रोकिएको अनुमान गरिएको छ ।

बैठकपछि भारतीय  विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा बाँकी रहेका मुद्दाहरूको छिटो समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ ।

यो वार्ता फेब्रुअरीमा पाङ योङ तालको उत्तर र दक्षिण किनारबाट दुबै पक्षले सेना फिर्ता लिएपछि दुबै पक्षबीच नयाँ चरणको वार्ता सुरुवात हुन लागेको जनाइएको छ । यसअघि विभिन्‍न चरणमा भएका वार्तापछि दुबै पक्षले सीमा क्षेत्रबाट सेना फिर्ता गरेका थिए ।

“दुबै पक्षले सेप्टेम्बर २०२० मा दुई परराष्ट्रमन्त्रीहरू बीच भएको सम्झौतालाई ध्यानमा राख्दै पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखाको बाँकी रहेका मुद्दाहरूको छिटो समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत भए,” विज्ञप्तिमा भनिएको छ ।

स्रोत- इण्डियन एक्सप्रेस 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ५५ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका