स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने ! | Khabarhub Khabarhub

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल स्मार्ट फोन नबोक्ने को होला र ? सबैको हात हातमा स्मार्ट फोन हुने गर्दछ । यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ । तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हानी पार्दछ ।

एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ । अर्थात स्मार्ट फोनको प्रयोग संक्रमणको खानी हुने देखिएको छ । युनिभर्सिटी अफ सुर्रेका विद्यार्थीहरूले गरेको अनुसन्धान अनुसार स्मार्ट फोनमा स्वास, छाला र खानपानसम्बन्धी रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्छ ।

युनिभर्सिटीका विद्यार्थीहरूले आफ्ना मोबाइल फोनहरू पेट्री डिसमा ३ दिनसम्म राखेका थिए । यसपछि गरिएको अध्ययनमा डिसमा विकसित ब्याक्टेरियाहरू फोनहरूमा जम्मा भएका थिए । फोनमा विकसित भएका यस्ता ब्याक्टेरियाहरूमा केही हानिकारक समेत थिए ।

आणविक जीवविज्ञानका वरिष्ठ व्याख्याता डा. साइमन पार्कका अनुसार जसरी यौनसम्पर्क, कफ, पानी, खाना आदिको माध्यमले ब्याक्टेरिया फैलिन्छ, त्यसरी नै स्मार्ट फोनबाट समेत फैलिएको ब्याक्टेरियाले उपयोगकर्तालाई संक्रमणमा पार्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ४० बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।