पहिलोपटक एक्सन फिल्ममा वरुण « Khabarhub

पहिलोपटक एक्सन फिल्ममा वरुण


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता वरुण धवन एक वर्षयता केही निर्देशकसँग भेटघाट गरिरहेका छन् । उनी स्क्रिप्ट पढ्न समय दिइरहेका छन् । उनको पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेन ।

फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी सोचेर र सम्झेर फिल्म साइन गरिररहेका छन् । वरुण निर्देशक मोहित सूरीको नयाँ फिल्ममा काम गर्ने तयारी गरिरहेका छन् । मोहित हाल फिल्म ‘एक भिलेन रिटर्नस’ बनाउन व्यस्त छन् ।

मोहित एक्सन प्याक प्रेमकथाको फिल्म बनाउन प्रख्यात छन् । त्यहीकारण हालसम्म फिल्ममा चकलेटी ब्वाइको पहिचान बनाइरहेका वरुणलाई पहिलोपटक एक्सन भूमिकामा देखाउन मोहित लालयित छन् ।

‘मोहितको काम वरुणले निकै मनपराएका छन । मोहितले आफ्नो फिल्मको आधारभूत अवधारणा वरुणलाई सुनाइसकेका छन् । जुन अवधारणा वरुणले मनपराएका छन् । कोरोना महामारी पछि वरुण काममा निकै चुजी भएका छन् । फिल्मको हाल स्क्रिप्ट चरणमा भएकाले यो काम सकिएपछि उनीहरु छलफल गर्नेछन्’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ४५ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय