पहिलोपटक एक्सन फिल्ममा वरुण « Khabarhub

पहिलोपटक एक्सन फिल्ममा वरुण


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता वरुण धवन एक वर्षयता केही निर्देशकसँग भेटघाट गरिरहेका छन् । उनी स्क्रिप्ट पढ्न समय दिइरहेका छन् । उनको पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेन ।

फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी सोचेर र सम्झेर फिल्म साइन गरिररहेका छन् । वरुण निर्देशक मोहित सूरीको नयाँ फिल्ममा काम गर्ने तयारी गरिरहेका छन् । मोहित हाल फिल्म ‘एक भिलेन रिटर्नस’ बनाउन व्यस्त छन् ।

मोहित एक्सन प्याक प्रेमकथाको फिल्म बनाउन प्रख्यात छन् । त्यहीकारण हालसम्म फिल्ममा चकलेटी ब्वाइको पहिचान बनाइरहेका वरुणलाई पहिलोपटक एक्सन भूमिकामा देखाउन मोहित लालयित छन् ।

‘मोहितको काम वरुणले निकै मनपराएका छन । मोहितले आफ्नो फिल्मको आधारभूत अवधारणा वरुणलाई सुनाइसकेका छन् । जुन अवधारणा वरुणले मनपराएका छन् । कोरोना महामारी पछि वरुण काममा निकै चुजी भएका छन् । फिल्मको हाल स्क्रिप्ट चरणमा भएकाले यो काम सकिएपछि उनीहरु छलफल गर्नेछन्’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ४५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल