‘लाल सिंह चड्डा’को सुटिङ सेटमा फोहोर थुप्रिएपछि स्थानीय आक्रोशित | Khabarhub Khabarhub

‘लाल सिंह चड्डा’को सुटिङ सेटमा फोहोर थुप्रिएपछि स्थानीय आक्रोशित


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई उनी क्रिसमसमा रिलि जगर्न चाहन्छन् । तर यो फिल्म रिलिज अघि नै विवादमा तानिएको छ ।

यो फिल्मको पछिल्लो सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो । फिल्म युनिटले त्यहाँ फोहोर गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले भाइरल भइरहेको छ । यो भिडियो जिग्मत लद्दाखी नामक ट्वीटर प्रयोगकर्ताले पोस्ट गरेका छन् । जुन भिडियोमा उक्त गाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।

‘लद्दाखको वाखा गाउँबासीका लागि बलिउड स्टार आमिर खानले दिएको उपहार हो । जुन उपहार फिल्म ‘लाल सिंह चड्डा’ निर्माण युनिटले छोडेको हो । आमिर आफैं सत्यमेव जयतेमा पर्यावरणको सफाई गर्नुपर्ने ठूला कुरा गर्छन । जब आफ्नो कुरा आउँछ, अनि यस्तै हुन्छ’, उनले लेखेका छन् ।

अर्का प्रयोगकर्ताका अनुसार लद्दाखको कारगिल जिल्लामा रहेको यो गाउँ हाल डम्पिङ साइट जस्तै भएको छ । जहाँ प्लाष्टिकका बोतल र फोहोर थुप्रिएको छ ।

समाचार अनुसार सन् २००६ मा रिलिज फिल्म ‘रंग दे वसन्ती’को समयमा पनि यस्तै भएको थियो । फिल्म युनिटले नाहरगढ वन्यजन्तु आरक्षमा छायांकन गर्दा त्यहाँ वियरको बोतलको थुप्रो जम्मा भएको थियो । त्यसपछि स्थानीय युवाले त्यहाँबाट झण्डै ३ टन बोतल निकालेका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ४० बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा