रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य, वर्षमा ४८ दिन पढ्न पाउँदैनन् | Khabarhub Khabarhub

रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य, वर्षमा ४८ दिन पढ्न पाउँदैनन्


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेको राजधानी दैनिकमा खबर छ ।

हुम्लाको ताँजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । प्रायः कक्षा ६ देखि माथिका छात्राहरू महिनाको एकपटक रजस्वला हुन्छन् । प्राकृतिक रूपमा नै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरू विद्यालयमा नआउने गरेको विद्यालयका शिक्षकले बताएका छन् । सरकारले महिनावारी भएका छात्रालाई निःशुल्क प्याड बाँड्ने नीति लिए पनि हुम्लामा सरकारको सो नीतिले व्याहारिक रूप पाउन सकेको छैन । प्याडको अभाव भएकाले पनि विद्यालय आउन कठिन हुने गरेको छात्रा बताउँछन् ।

महिनावारीका कारण वर्षमा ४८ दिन छात्रा विद्यालय नआउने हुँदा उनीहरूको अध्ययनसमेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक गंगादत्त जोशीले आजभोलि पनि प्रायः छात्रा महिनावारी भएका बेला विद्यालय नआउने गरेको बताए । धर्मोदय माध्यमिक विद्यालयमा राम्रो शौचालय र पानीको व्यवस्था नहुँदा महिनावारी भएका छात्राहरू समस्यामा पर्ने गरेका छन् ।

महिनावारी भएको बेला विद्यालयमा आउँदा विभिन्न समस्या भोग्नुपर्ने भएकाले आफूहरू नआउने गरेको विद्यालयकी छात्रा किसिन बस्यालले बताइन् । ‘विद्यालय आइरहेका बेला शौच गर्नुपर्‍यो अथवा महिनावारी भइहालेमा छात्राहरूका लागि छुट्टै शौचालयसमेत नहुँदा दौडेर टाढा जानुपर्छ र विभिन्न समस्या भोग्नुपर्छ,’ उनले भनिन् ।

कक्षा ८ मा पढ्ने केशमी थापाले महिनावारी भएका बेला आफूहरू विद्यालयमा नआउने गरेको र तीन चार दिनपछि आउँदा पनि अरू साथीहरूभन्दा छुट्टै बस्ने गरेको बताइन् । महिनावारीका कारण आफूहरूको पढाइसमेत छुट्ने गरेको उनले बताएकी छन् । उनले महिनावारी भएका बेला विद्यालय आउनका लागि विद्यालयमा छात्राका लागि प्याड, शौचालय र शौचालयमा पानीको व्यवस्था गर्न सके मात्र सहज हुने बताइन् ।

ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा शीर्षकको पत्रिकाले छापेको अर्को समाचारमा लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो । आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ ।

आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ ।

त्यस्तै पत्रिलकाले मिडिया काउन्सिल विधेयकविरुद्ध महासंघ आन्दोलित शीर्षकमा अर्को समाचार छापेको छ । सरकारले ल्याएको ‘नियन्त्रणमुखी’ मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिल र पत्रकार महासंघले विरोध जनाएका छन् । काउन्सिल र महासंघ दुवैले विधेयकलाई ‘आधारभूत रूपमै’ गलत भएको टिप्पणी गरेका छन् ।संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ ।

सरोकारवाला पक्षसँग छलफल र सहमतिबिना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रूपमा स्थापित गरेको भन्दै महासंघले संसद् भवन अगाडि विरोध प्रदर्शनसम्म संघर्षको कार्यक्रम घोषणा गरेको छ । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता भएको सो विधेयकमा मिडिया काउन्सिललाई अर्धन्यायिक निकाय बनाउने र पत्रकारलाई कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ६ : ३९ बजे

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता

एन्फा महिला लिग : नेपाल पुलिस क्लब विजयी

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र

मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव

बेलबारी – मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा