स्वास्थ्य स्वयंसेविका नगदसहित सम्मानित « Khabarhub

स्वास्थ्य स्वयंसेविका नगदसहित सम्मानित


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महाँकाल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।

‘पशुपालन, कृषि, उद्यमशीलता र भौतिक पूर्वाधारः स्वास्थ्य र शिक्षित पालिकावासी, हाम्रो समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि विपद् र महामारीजस्ता जोखिमका समयमा निरन्तररुपमा जनस्वास्थ्यसम्बन्धी चेतना फैलाउनाका साथै टोलटोलमा पुगेर सूचना तथा जानकारी पुर्‍याउन उचित भूमिका खेलेका महिलालाई नगद रु छ हजारसहित सम्मान गरिएको अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भन्नुभयो, “हामीले यी महिलाले वर्ष दिनभरि गरेका दुःखको मूल्याङ्कन गरी प्रत्येकलाई महिनाको रु ५०० का दरले प्रोत्साहनस्वरुप सानो रकम पनि दिएका हौँ ।” चालू आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअन्तर्गत ५४ महिलालाई सम्मान गरिएको र यसले भविष्यमा अझै राम्रो काम गर्न उनीहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

महाँकालमा रहेका कूल छ वडामध्ये पाँचमा स्वास्थ्यचौकी रहनुका साथै वडा नं २ मानिखेलमा भने एक ‘मानिखेल अस्पताल’ समेत रहेको छ । गाउँपालिकामा भौगोलिक विकटता रहँदा यहाँका मानिसले एक टोलबाट अन्य टोलमा पुग्नसमेत घण्टौँको यात्रा पार गर्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले सो कुरालाई ध्यानमा राखी आउँदो आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनका लागि एकीकृत महिला स्वास्थ्य तथा प्रजनन, बहुक्षेत्रीय पोषण, औषधि तथा औषधिजन्य उपकरणको पर्याप्ततामा जोड दिने घोषणा गरेको थियो ।

यसैगरी गाउँपालिकाले डङ्ेगुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टे वासस्थान खोजी गरी लार्भा नष्ट तथा पालिकाबाट सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न र स्तरोन्न्नति गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको थियो । त्यसैगरी स्वास्थ्य संस्थाबाट सुत्केरी भई घरमा फर्केका महिलामा सङ्क्रमण रोक्न तीनदेखि सात दिनमा घरघरमै नर्सिङ स्वास्थ्यकर्मी पठाउने व्यवस्थासमेत गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान