स्वास्थ्य स्वयंसेविका नगदसहित सम्मानित | Khabarhub Khabarhub

स्वास्थ्य स्वयंसेविका नगदसहित सम्मानित


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महाँकाल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।

‘पशुपालन, कृषि, उद्यमशीलता र भौतिक पूर्वाधारः स्वास्थ्य र शिक्षित पालिकावासी, हाम्रो समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि विपद् र महामारीजस्ता जोखिमका समयमा निरन्तररुपमा जनस्वास्थ्यसम्बन्धी चेतना फैलाउनाका साथै टोलटोलमा पुगेर सूचना तथा जानकारी पुर्‍याउन उचित भूमिका खेलेका महिलालाई नगद रु छ हजारसहित सम्मान गरिएको अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भन्नुभयो, “हामीले यी महिलाले वर्ष दिनभरि गरेका दुःखको मूल्याङ्कन गरी प्रत्येकलाई महिनाको रु ५०० का दरले प्रोत्साहनस्वरुप सानो रकम पनि दिएका हौँ ।” चालू आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअन्तर्गत ५४ महिलालाई सम्मान गरिएको र यसले भविष्यमा अझै राम्रो काम गर्न उनीहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

महाँकालमा रहेका कूल छ वडामध्ये पाँचमा स्वास्थ्यचौकी रहनुका साथै वडा नं २ मानिखेलमा भने एक ‘मानिखेल अस्पताल’ समेत रहेको छ । गाउँपालिकामा भौगोलिक विकटता रहँदा यहाँका मानिसले एक टोलबाट अन्य टोलमा पुग्नसमेत घण्टौँको यात्रा पार गर्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले सो कुरालाई ध्यानमा राखी आउँदो आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनका लागि एकीकृत महिला स्वास्थ्य तथा प्रजनन, बहुक्षेत्रीय पोषण, औषधि तथा औषधिजन्य उपकरणको पर्याप्ततामा जोड दिने घोषणा गरेको थियो ।

यसैगरी गाउँपालिकाले डङ्ेगुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टे वासस्थान खोजी गरी लार्भा नष्ट तथा पालिकाबाट सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न र स्तरोन्न्नति गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको थियो । त्यसैगरी स्वास्थ्य संस्थाबाट सुत्केरी भई घरमा फर्केका महिलामा सङ्क्रमण रोक्न तीनदेखि सात दिनमा घरघरमै नर्सिङ स्वास्थ्यकर्मी पठाउने व्यवस्थासमेत गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५९ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको