एम्बाप्पेलाई रातो कार्ड, नेयमारलाई फेरि ३ खेलमा प्रतिबन्ध ! | Khabarhub Khabarhub

एम्बाप्पेलाई रातो कार्ड, नेयमारलाई फेरि ३ खेलमा प्रतिबन्ध !


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार ब्राजिलिय फुटबलर नेयमारलाई ३ खेलको प्रतिबन्ध लागेको छ । उनले खेल अनुशासन तोडेको भन्दै ३ खेलमा प्रतिबन्ध लगाइएको हो । नेयमारले कोपा डे फ्रान्सको फाईनल खेलपछि रेनेसका समर्थकमाथि हात हालेको आरोप लागेको छ ।

प्रतियोगितामा पीएसजीका अर्का स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएका थिए । उक्त खेलमा पीएसजी २–२ गोलको बराबरी खेल्यो । निर्णयका लागि लिएको पेनाल्टि सुटआउटमा पराजित हुँदै पीएसजी प्रतियोगिताबाट बाहिरिएको थियो ।

हारपछि पीएसजी घरेलु फुटबलमा एकै सिजन दुई कप जित्न असफल भएको थियो । प्रतियोगिताको उपबिजेता बनेपछि मेडल लगाउन जाने क्रममा नेयमारले विपक्षी क्लबका समर्थकमाथि मुक्का प्रहार गरेका थिए ।

लामो समय मैदान बाहिर रहेका नेयमार स्टार्सवर्गविरुद्धको खेलमार्फत लिगमा फर्किएका थिए । फ्रान्स फुटबल संघले विश्व फुटबलका महङ्गा खेलाडी नेयमारलाई घरेलु फुटबलमा तीन खेलको प्रतिबन्ध लगाईएको बताएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : २२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण