बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २ हजार ९०५ जनामा संक्रमण पुष्टि « Khabarhub

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २ हजार ९०५ जनामा संक्रमण पुष्टि


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १२ जना संक्रमितले ज्यान गुमाएको थिए ।

हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : २९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि