एमाले संसदीय दलको बैठकमा पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने  « Khabarhub

एमाले संसदीय दलको बैठकमा पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने 


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।

 

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : १७ बजे

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया