यसरी नियन्त्रण गर्न सकिन्छ कोलेस्टेरोल « Khabarhub

यसरी नियन्त्रण गर्न सकिन्छ कोलेस्टेरोल


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलेस्टेरोल रगतमा पाइने बोसो (फ्याट) हो । यो स्वास्थ्य जीवनकालागि आवश्यक हुन्छ । तर रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । कोलेस्टेरोलको मात्रा २ सय एमजी/डिएल भन्दा कम हुनुपर्छ ।

कोलेस्टेरोलको लक्षण
– कमजोरी
– थकान
– अत्यधिक पसिना
– सास फेर्न गाह्रो हुनु
– बेचैन महसुष हुनु
– सुत्न गाह्रो हुनु

किन बढ्छ ?
१. कोलेस्टेरोल बढ्ने खाना अर्थात वोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन ।
२. पर्याप्त रुपमा रगतबाट जब एलडीएलको मात्रा बाहिर निस्कन नपाउँदा रगतमा बढेर ।
३. कलेजोले कोलेस्टेरोल अधिक मात्रामा उत्पादन गर्दा ।

माथिका कारणलाई नियन्त्रण गर्ने हो भने शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दैन ।

कसरी नियन्त्रण गर्ने ?
कोलेस्टेरोल नियन्त्रण गर्न खानाको मुख्य भुमिका रहन्छ । यसकालागि के खाने के नखाने भन्ने जान्नु आवश्यक रहन्छ ।

के खाने ?
– बिहान अनिवार्य खाजा खाने बानी बसाउने र खाजामा कर्नफ्लेक्स जस्ता खानेकुरा खाने ।
– आफ्नो खानामा धेरैजसो मौसमी फल र सब्जी सामेल गर्ने ।
– कोलेस्टेरोल नियन्त्रण गर्न सुन्तलाको जुस शरीरकालागि फाइदाजनक हुन्छ ।
– जीरो कोलेस्टेरोल युक्त पदार्थ सेवन गर्ने ।

के नखाने ?
– रातो मासु सेवन नगर्ने ।
– दुध, घिउ, क्रिम नखाने ।
– भुलेर पनि आइसक्रिमको सेवन नगर्ने ।
– चुरोट, रक्सीको सेवन गर्दै नगर्ने ।
विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ५१ बजे

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा