बेसार सेवनका २२ फाइदा | Khabarhub Khabarhub

बेसार सेवनका २२ फाइदा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेसार एक स्वास्थ्यवद्र्धक जडिबुटी हो । यसले शरीरका हरेक अंगलाई फाइदा र्पुयाउछ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् ।

हजारौं वर्षदेखि प्रयोग हुदै आएको बेसार चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ । बेसारलाई नेचुलर पेन किलरका रुपमा पनि चिनिन्छ । यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ । यस्ता बेसार सेवनबाट हुने अन्य फाइदा

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा र्पुयाउँछ ।
– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ ।
– विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउछ ।
– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्याउँछ ।
– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।
– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ ।
– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।
– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।
– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ ।
– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ ।
– अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ ।
– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ ।
– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।
– मधुमेहमा बिहानबेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा र्पुयाउँछ ।
– १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहानबेलुका खाए सुख्खाखोकी ठिक हुन्छ।
– दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
– रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ ।
– दिसापिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसारको प्रयोग उपयोगी हुन्छ ।
– मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ ।
– छालाको चमक बढाउन समेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।
– नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन ।
– विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ०२ बजे

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ