२० वर्षपछि अभिनयमा फर्कदै मन्दाकिनी | Khabarhub Khabarhub

२० वर्षपछि अभिनयमा फर्कदै मन्दाकिनी


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– दिवंगत अभिनेता राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’की अभिनेत्री मन्दाकिनी दुई दशकपछि बलिउडमा पुनरागमन गर्दैछिन् । हालका दिनमा यी अभिनेत्री एक स्क्रिप्ट पढ्न व्यस्त छिन् र चाँडै नै आफू कुन प्रोजेक्टमार्फत दर्शकमाझ आउने भनेर निर्णय लिनेछिन् ।

मन्दाकिनीका मेनेजर बाबूभाई थिबाले मन्दाकिनी पुनरागमन गर्न लागेको कुराको पुष्टि गरेकी छन् । ‘मन्दाकिनी साँच्चै फर्कन लागेकी छन् । हालका दिनमा उनी स्क्रिप्ट पढिरहेकी छन् । उनी वेब सिरिज र फिल्मका लागि काम गर्न तयार छिन् । उनी प्रोजेक्टमा प्रमुख भूमिका निभाउन चाहन्छिन्’, मेनेजरले भनेका छन् ।

मन्दाकिनीका भाइ भानुले नै उनलाई अभिनयमा फर्कनका लागि मनाएका थिए । ‘जब उनी कोलकातामा दुर्गा पूजा पंगालोमा घुमिरहेकी थिइन्, त्यो बेला उनको फ्यान फलोइङ अहिले पनि धेरै रहेछन् भन्ने थाहा पाएँ । त्यहीकारण मैले उनलाई पुनः अभिनय सुरु गर्न भनें’, भानुले भनेका छन् ।

मन्दाकिनीलाई टेलिभिजन शो ‘छोटी सरदानी’मा प्रमुख भूमिकाका लागि अफर आएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । उनलाई यो भूमिकाका लागि अनीता राजले सिफारिस गरेकी थिइन् ।

मन्दाकिनी पछिल्लो पटक बंगाली फिल्म ‘से अमर प्रेम’मा देखिएकी थिइन् । यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । १७ वर्षको करियरमा उनले ४८ फिल्ममा काम गरिन् । उनले हिन्दी र बंगालीका अलावा केही तेलुगु फिल्ममा पनि अभिनय गरिन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ५५ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा