कांग्रेस बैठकः जिल्ला सभापतिहरुको सुझावमा छलफल « Khabarhub

कांग्रेस बैठकः जिल्ला सभापतिहरुको सुझावमा छलफल


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल शुरु भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा जिल्ला सभापतिहरुले विधान संशोधनका लागि दिएको सुझावका बारेमा छलफल शुरु भएको हो । उनीहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु वडा तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षणमा एक पटकमात्रै अवसर पाउनुपर्ने सुझाव दिएका थिए ।

बिहीबार बसेको बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावसँगै भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमितिका बारेमा पनि छलफल भएको प्रवक्ता बिश्वप्रकाश शर्माले बताए । त्यस्तै नेविसंघको महाधिवेशनका बारेमा र सरकारको गतिविधिका बारेमा पनि छलफल भएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, हृदयराम थानी, बलबहादुर केसी, कल्याण गुरुङ, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, गगन थापा, गुरुराज घिमिरे, रामकृष्ण यादव, वीरबहादुर बलायर, फरमुल्लाह मन्सुर, डा. नारायण खड्कालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २८ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : १० बजे

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र