२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी जम्मा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ? 

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४,  झापामा १५१,  ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २,  भोजपुरमा ७,  मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १०,  बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

वाग्मती प्रदेशको काठमाडौंमा ३४३, काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२, मकवानपुरमा ४९, रसुवा ४, रामेछापमा ७, ललितपुरमा १३६, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३८, गोरखामा ५,  तनहुँमा १२, नवलपरासी पूर्वमा ४०, पर्वतमा १, म्याग्दीमा २,  लमजुङमा ९, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ३, दाङमा ११, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा २, बाँकेमा ७, रोल्पामा १ र रुपन्देहीमा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, कालिकोटमा ५,  हुम्ला ६, डोल्पा १, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा ३५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २७, कैलालीमा ५१, दार्चुलामा १, बझाङमा १  र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ०९ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको