आर्थिक अवस्थालाई विश्लेषण गरेर चाँडै श्वेतपत्र जारी हुन्छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

आर्थिक अवस्थालाई विश्लेषण गरेर चाँडै श्वेतपत्र जारी हुन्छ : अर्थमन्त्री शर्मा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए ।

“अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने ।

उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।

सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उनले जानकारी गराए ।

अध्यादेशमार्फत आएको बजेट लगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए ।

उनले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उनले बताए ।

मन्त्री शर्माले भने, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।”

उनले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिए । उनका अनुसार पुँजीबजारले रु १४ अर्बको राजस्व योगदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ४२ बजे

नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने 

काठमाडौंं– नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन

सामाजिक न्याय र समानताका लागि निरन्तर लागिरहन्छु : प्रचण्ड  

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी 

काठमाडौं‍– गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ । यो मौसममा

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको

शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरूको आग्रह

काठमाडौं– सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका