एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित « Khabarhub

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।

कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ ।

उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो ।

यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ । त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय