माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै « Khabarhub

माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै

सत्तारुढ दलका दुई मन्त्रीले दिए राजीनामा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी सरकारमा सहभागी हुन लागेको हो ।

माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवहाले मुख्यमन्त्री लाल बाबु राउत समक्ष राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री राउतले आज राजनीमा स्वीकृत गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी सरकारमा सहभागी हुन लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले जानकारी दिए ।

उनका अनुसार दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तय भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीका लागि आज ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : १९ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था