माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै « Khabarhub

माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै

सत्तारुढ दलका दुई मन्त्रीले दिए राजीनामा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी सरकारमा सहभागी हुन लागेको हो ।

माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवहाले मुख्यमन्त्री लाल बाबु राउत समक्ष राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री राउतले आज राजनीमा स्वीकृत गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी सरकारमा सहभागी हुन लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले जानकारी दिए ।

उनका अनुसार दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तय भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीका लागि आज ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : १९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।