ओठका कारण आयशा आलोचित « Khabarhub

ओठका कारण आयशा आलोचित


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री आयशा टाकिया कैयौं पटक फेसियल सर्जरीका कारण ट्रोलिङको शिकार बनेकी छन् । गत वर्ष जब उनको तस्वीर सामाजिक सञ्जालमा आयो, प्रयोगकर्ताले उनलाई मजाकको पात्र बनाउदै खिल्ली उडाए ।

यसपटक पनि आयशाका लागि यस्तै भएको छ । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन् । जुन भिडियोमा उनको अनुहार निकै फरक देखिएको छ । उनको यो भिडियोमा प्रयोगकर्ताले मनलाग्दो कमेन्ट गरेका छन् ।

भिडियोमा आयशाको ओठ निकै मोटो देखिएको छ । आयशाले फिल्म उद्योगमा पाइला चाल्दा उनको अनुहार यसअघि यस्तो देखिएको थिएन । उनका फ्यानले आयशाले आफ्नो अनुहार बिगारेको उल्लेख गरेका छन् ।

यसअघि आयशाले आफू कैयौंपटक ट्रोलिङको शिकार भएको स्वीकारेकी थिइन् । ‘मैले यस्ता ट्रोलिङ कैयौंपटक झेलेकी छु । मानिसहरु कार्यालय र निजी जीवनमा ट्रोलिङको शिकार हुन्छन् र म यो मामलामा अपवाद छैन । म यो बारेमा मानिसहरुलाई जारुक बनाउन चाहन्छु । हरेक मानिस फरक हुन्छन् र उनीहरुमा केही विशेषता हुन्छन्’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : ०५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र