जनकपुर–जयनगर रेलको ट्र्याक परीक्षण शुरू « Khabarhub

जनकपुर–जयनगर रेलको ट्र्याक परीक्षण शुरू


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर–जयनगर रेलको ट्रयाक परीक्षण गरिएको छ ।

आज जयनगरबाट १२० को स्पीडमा कुर्थासम्म परीक्षण गरिएको हो । रेलवे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।

जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पीड परीक्षण कुर्थाबाट शुरू हुने रेल्वे विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पीड’ परीक्षण गरेको हो । एक हजार तीन सय सिट क्षमताको यो रेल हाल जनकपुर–जयनगर–कुर्थासम्म ३४ किलोमिटरमा सञ्चालन हुनेछ ।

पछि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने सरकारको योजना छ । त्यसको लागि कुर्थासम्मको रेल्वे लिक निर्माण सम्पन्न भइसकेको छ ।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ ।

गत वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण शुरू गरिएको थियो । नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो ।

गत असोज महिनामा नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरिएको थियो । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन ।

सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्क्याएर राखिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ५४ बजे

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक