एमालेको माधव समूह पनि विभाजित « Khabarhub

एमालेको माधव समूह पनि विभाजित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूहका नेता दुई खेमामा विभाजित भएका हुन् ।

एक समूहका नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् भने अर्को समूहका नेताले देउवालाई विश्वासको मत दिएर पार्टी फुटाउन नहुने बताएका छन् ।

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

उनले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । १० बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

यता नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएकी छन् ।

उनले आफूहरूको प्रयास विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिनुपर्छ भन्ने रहेको बताइन । नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताइन् ।

उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यावधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।

उनले भनिन्, ‘७६(५) पनि अर्को सरकार नबन्ने कारणले कि निर्वाचनमै जानुपर्छ । हामी त मध्यावधी निर्वाचनमा नजाने संसदले पुर्ण कार्यकाल काम गर्नुपर्छ भन्दै आएकाले हामी २३ जनाले भोट हाल्ने कुरा त भइहाल्यो । पार्टीले नै निर्णय गरेर विपक्षमा बसेर भएपनि विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो प्रयास रहन्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ०८ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच