झलनाथ खनालको आह्वान : देउवा सरकारलाई विश्वासको मत दिऔँ « Khabarhub

झलनाथ खनालको आह्वान : देउवा सरकारलाई विश्वासको मत दिऔँ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आह्वान गरेका छन् ।

उपचारका क्रममा हाल भारतमा रहेका नेता खनालले सरकारलाई अबको दुई वर्षसम्म कायम राख्नका लागि देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन आह्वान गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्, ‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ । सकेसम्म पार्टीमा सर्वसम्मत बनाउने प्रयास गरौँ । त्यो भएन भने पनि अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गरौँ ।’

नेता खनालले एमाले एकता कायम राख्नका लागि २०७५ साल जेठ २ गतेअघिको अवस्थामा पार्टी संरचना फर्काउन समेत आग्रह गरेका छन् ।

पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने अवस्थाको निर्माण गर्न दोस्रो तहका नेताहरुले गरेको प्रयासलाई समर्थन गर्न आग्रह गर्दै उनले एकतालाई उचित तरिकाले सम्बोधन गर्न नसकिए पार्टी एकता असम्भव रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ३३ बजे

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन