एमाले बैठक : पार्टी विभाजनलाई औपचारिकता दिन हतारमा विश्वासको मत लिन खोजियो « Khabarhub

एमाले बैठक : पार्टी विभाजनलाई औपचारिकता दिन हतारमा विश्वासको मत लिन खोजियो


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आफ्नो पार्टीको विभाजनलाई औपचारिकता दिन प्रधानमन्त्रीले हतार–हतार विश्वासको मत लिन खोजेको निष्कर्ष निकालेको छ ।

ललितपुरमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतको आदेशपछि पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको र यसले एमाले विभाजनलाई औपचारिकता दिन खोजेको निष्कर्ष निकालेको हो ।

त्यस्तै बैठकले एमाले प्रतिपक्षीमा रहने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि माधव नेपालले अस्वीकार गरेको बताए । उनले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु नेकपा एमाले हुन नसक्ने पनि बताए ।

बैठकले १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकमा एमालेका माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : १८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय