देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय | Khabarhub Khabarhub

देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई पार्टीले विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् ।

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल अब एमालेमा नरहने मनसायमा पुगेको भन्दै पार्टीको निणय विपरित देउवालाई विश्वासको मत दिए एमालेमा रहन नसक्ने निर्णय गरेको हो ।

तुल्सीलाला स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने विषयमा प्रश्नहरू उठेको भएपनि विपक्षमा मतदान गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

उनले भने, ‘बैठकमा हामीले विशेष गरेर आज भर्खर मात्रै थाहा पाएको प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल भयो । सदनको पहिलो बैठकमा विश्वासको मत लिने विषयले विभिन्न प्रश्नहरू जन्माएको छ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौ । सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्नुपर्छ । पवार्टीका साथहिरु र सम्भव भएका अन्य दलहरूसँग समेत छलफल गर्ने निर्णय गरेका छौं ।’

स्थायी कमिटि बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गरेको तर नेता नेपालले एक्लै भएपनि शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘माधवकुमार नेपालसँगसमेत छलफल गरेका थियौ । १० बुँदे सहमति गर्दै पार्टी एकता जोगाउन प्रयास गरिहेका थियौँ र छ । तर उहाँले आफुले एक्लै भएपनि एउटा विन्दुमा पुगिसकेकाले पक्षमा मत हाल्ने बताउनुभयो ।’

नेता नेपाल पार्टी एकता जोगाउने पक्षमा नरहेको निष्कर्ष निकालेको भन्दै प्रवक्ता ज्ञवालीले भने,‘उहाँ पाटीलाइ एकताबद्ध जाने विषयमा इच्छुक देखिनुभएन । यी विषयमा समेत छलफल भयो । जनमतबाट नभएर फरक प्रक्रियाबाट आएको हुनाले सरकारप्रति समर्थन नरहनेकुरा हामीले बैठकबाट भनेका छौँ । आजको बैठकबाट वरिष्ठ नेता नेपाल वेग्लै कोर्षमा हिड्न प्रयास गरेको देखियो । तर साथीहरूले मेहनत चाँहि गरिरहनुभएको छ । १० बुँदे भइसकेपछि संस्थागत निर्णयले मिल्दैन ।’

वरिष्ठ नेता नेपाल अब एमालेमा नरहने मनसायमा पुगेको जस्तो देखिएको भन्दै प्रवक्ता ज्ञवालीले भने,‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आन्दोलनपाई उनीप्रति अर्पित गर्दै माधव नेपाल एउटा निष्कर्षमा पुगेको देखियो ।’ पार्टीको निर्णय र निर्देशनविपरित देउवा सरकारको पक्षमा मतदान गर्नेहरू अब एमालेमा रहन नसक्ने उनले बताए । उनले भने,‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकार ती साथीहरू पार्टीभित्र रहनुहुन्न । पार्टीले आफ्नो निर्णय गर्छ । निर्णयको अवज्ञा भयो भने पार्टीले थप निर्णय गर्छ ।’

एमालेले संसद बैठकको पहिलो दिनमै विश्वासको मत लिने सरकारी निर्णयले एमाले विभाजन गराउन खोजेको आशंकालाय बल पुगेको समेत निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : २२ बजे

बीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाऔं : सांसद श्रेष्ठ 

काठमाडौं– बागमती प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी– म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला