थुनुवाको चापले कारागार अस्तव्यस्त | Khabarhub Khabarhub

थुनुवाको चापले कारागार अस्तव्यस्त


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ ।

जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने क्षमता छ ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।

न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्र बताउँछन् । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।

“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भने, “यसले पछिल्लो एक महिनाभित्र क्रमशः थुनुवा घट्दै गएका छन् ।”

गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ । कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ ।

“पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भने ।

पछिल्ला केही दिनयता धनुषाले पुरुष थुनुवा पठाउन छाडे पनि हाल कारागारमा रहेका कूल सङ्ख्याका कैदी/थुनुवामध्ये ६० प्रतिशतको हाराहारी धनुषाकै रहेका कारागार प्रशासनले जनाएको छ । दैनिक थपिनेमा कर्तव्य ज्यान, लागुपदार्थ दुव्र्यसन र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका मिश्र बताउँछन् ।

निकै पुरानो जीर्ण कारागार भवनको बसाइ निकै त्रासदीपूर्ण हुने गरेको कैदी/थुनुवा बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक