बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी « Khabarhub

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले बिजुलीको महसुल घटाउने तयारी गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत् महसुल पुनरावलोकनका लागि गठित समितिले सहुलियत दरमा विद्युत् उपलब्ध गराउने उपायबारे छलफल अघि बढाएको हो।

गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्।

समितिको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा वर्षायाममा विद्युत्को महसुल घटाउने तथा आन्तरिक विद्युत् खपत बढाउने उपायबारे छलफल हुने जनाइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा मागअनुसार खपत हुन नसकेर विद्युत् खेर जाने अवस्था छ। यस्तो अवस्थामा प्राधिकरणले आर्थिक नोक्सानीसमेत बेहोर्नुपरेकाले ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायाममा विद्युत् सस्तो बनाउने तयारी गरिएको हो।

‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनको मूल्य घटाएर उपभोक्तालाई कसरी सहुलियत दिन सक्छन् भन्ने विषयमा छलफल भइरहेको छ,’ शाहीले भने।

प्राधिकरणले घरेलु उपभोक्तासँगै उद्योगलाई समेत वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी गरेको छ। उद्योगलाई सस्तो विद्युत् उपलब्ध गराउँदा त्यसको लाभ उत्पादन लागत घटाउँदै अन्ततः उपभोक्तासम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ।

समितिले सिजनल ट्यारिफमार्फत महसुल कति घटाउन सकिन्छ, कुन वर्गका उपभोक्तालाई कस्तो दर कायम गर्ने र उद्योगले प्राप्त गर्ने सहुलियतको लाभ उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने विषयमा अध्ययन तथा छलफल गरिरहेको छ।

समितिले आवश्यक अध्ययन पूरा गरी छिट्टै विद्युत् महसुल पुनरावलोकनसम्बन्धी निर्णय गर्ने तयारी गरेको शाहीले बताए।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १ : १७ बजे

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्