आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै « Khabarhub

आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कदै छन्।

उनी एयर इण्डियाको विमानबाट दिउँसो २ : ३५ बजे काठमाडौं आईपुग्नेछन् ।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आज नेपाल फर्कन लागेका हुन् ।

दिल्लीका १६ मध्ये ६ खेल खेल्ने मौका पाएका सन्दीपले ८ विकेट लिएका थिए । उनले २३ ओभर बलिङ गर्दा २ सय १० रन खर्चेर ८ विकेट लिएका थिए ।

दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले १० खेल खेल्दा दुई खेलमा मात्रै स्थान पाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : ०० बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख