आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै « Khabarhub

आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कदै छन्।

उनी एयर इण्डियाको विमानबाट दिउँसो २ : ३५ बजे काठमाडौं आईपुग्नेछन् ।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आज नेपाल फर्कन लागेका हुन् ।

दिल्लीका १६ मध्ये ६ खेल खेल्ने मौका पाएका सन्दीपले ८ विकेट लिएका थिए । उनले २३ ओभर बलिङ गर्दा २ सय १० रन खर्चेर ८ विकेट लिएका थिए ।

दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले १० खेल खेल्दा दुई खेलमा मात्रै स्थान पाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : ०० बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा