भीम रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष ओलीको आग्रह « Khabarhub

भीम रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष ओलीको आग्रह


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

सोमबार ललितपुरको च्यासलमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएको बताए । यद्यपि त्यो आवश्यक नरहेको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनहोस् ।’ एकता जोगाउन आग्रह गर्दा माधव नेपालले रावललाई हप्काएर पठाएपछि रावलले राजीनामा दिएको ओलीले बताए ।

सर्वोच्च अदालतको आदेशमा दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठक शुरू हुनु अगावै रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

रावल एमालेको विघटित कार्यदलको नेपाल पक्षका संयोजक पनि हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ४९ बजे

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले