पशुपतिनाथको ढोकाबाटै साउने व्रतालु गरे पूजा आराधना (फोटोफिचर) | Khabarhub Khabarhub

पशुपतिनाथको ढोकाबाटै साउने व्रतालु गरे पूजा आराधना (फोटोफिचर)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउने सोमबारको पहिलो दिन, हिन्दू नारीहरुले व्रत बसी शिवजीको पूजा आराधना गरेका छन् ।

काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । तर यसवर्ष पनि कोरोना त्रासका कारण पशुपतिनाथ मन्दिर बन्द छ । कोरोना त्रासलाई बेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ ।

पशुपतिनाथ मन्दिर बन्द रहेपनि भक्तजनहरुले मन्दिरको मूल ढोकामै शीवजीको पूजा आराधना गरेका छन् । साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ ।

यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने गर्दछन् । साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमबारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । परापूर्वकालमा पार्वतीले शिवजी पति पाउँ भनी व्रत बसेको र पछि शिव भगवानलाई पतिको रुपमा पाएकाले पनि साउने सोमबारको महत्व बढेको पाइन्छ ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै व्रत बस्ने गर्दछन् ।

यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : २० बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु