पशुपतिनाथको ढोकाबाटै साउने व्रतालु गरे पूजा आराधना (फोटोफिचर) « Khabarhub

पशुपतिनाथको ढोकाबाटै साउने व्रतालु गरे पूजा आराधना (फोटोफिचर)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउने सोमबारको पहिलो दिन, हिन्दू नारीहरुले व्रत बसी शिवजीको पूजा आराधना गरेका छन् ।

काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । तर यसवर्ष पनि कोरोना त्रासका कारण पशुपतिनाथ मन्दिर बन्द छ । कोरोना त्रासलाई बेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ ।

पशुपतिनाथ मन्दिर बन्द रहेपनि भक्तजनहरुले मन्दिरको मूल ढोकामै शीवजीको पूजा आराधना गरेका छन् । साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ ।

यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने गर्दछन् । साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमबारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । परापूर्वकालमा पार्वतीले शिवजी पति पाउँ भनी व्रत बसेको र पछि शिव भगवानलाई पतिको रुपमा पाएकाले पनि साउने सोमबारको महत्व बढेको पाइन्छ ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै व्रत बस्ने गर्दछन् ।

यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : २० बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले