अभिनेत्री शिल्पाका पति राज पक्राउ | Khabarhub Khabarhub

अभिनेत्री शिल्पाका पति राज पक्राउ


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ ।

क्राइम ब्राञ्च मुम्बईले सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले राज संलग्न रहेको आफूहरुसँग पर्याप्त प्रमाण भएका आधारमा पक्राउ गरेको जनाएको छ । सोमबार राजलाई मुम्बई प्रहरीको अपराध शाखाको सम्पत्ति प्रकोष्ठमाझ उपस्थित गराइएको थियो ।

राज यसअघि कैयौं पटक विवादमा आइसकेका छन् । यसअघि मोडल र अभिनेत्री पुनम पाण्डेले राज र उनका सहयोगीविरुद्ध बम्बई उच्च अदालतमा उजुरी दिएकी थिइन् ।
राजको कम्पनीले आफ्नो तस्वीरलाई गलत रुपमा प्रयोग गरेको आरोप पुनमले लगाएकी थिइन् । उनले पुनमको आरोपको खण्डन गर्दै आफूले पोर्न फिल्म बनाउने काम छोडिसकेको दाबी गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित

प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक जारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु भएको

१९ गते आठ पार्टीले एकता सम्मेलन गर्ने

काठमाडौं- नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले यही १९