यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या « Khabarhub

यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो ।

मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन ।

शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसमा कुण्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्दछ । धेरैलाई डिप्रेसनको लक्षण देखिएको लामो समयपछि थाहा हुन्छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भएमा उपचार सहज हुन्छ ।

यदी निम्न अवस्था वा लक्षण देखिएमा डिप्रेसन भएको हुनसक्छ :
– निद्रा नलाग्नु
– भोक नलाग्नु
– अपराध बोध महसुस भइरहनु
– हमेशा उदास रहनु
– आत्मविश्वासमा कमी आउनु
– म केही होइन भन्ने महशुस हुनु
– थकान र सुस्तता महसुस हुनु
– यौन उत्तेजना नहुनु
– मादक पदार्थ सेवन बढि गर्नु
– एकाग्रतामा कमी आउनु
– आत्महत्या गर्ने सोच आउनु र बारम्बार आउनु
– कुनै पनि काममा मन नलाग्नु

बच्ने उपाय
डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु नै हो । यसकालागि आफ्नो नियमित जीवनलाई व्यस्त बनाउने, मानिससंग घुलमिल बढाउने, साना बालबालिकासँग खेल्ने, एक्लै वा एकाग्र नरहने र परिवारमा कुराकानी गरिरहेमा धेरै हदसम्म यो समस्यामा नियन्त्रण आउँछ ।

मुलतः मानिसले आफूलाई कमजोर नठान्ने, सकेसम्म मानिसको भिड वा कुराकानीमा रमाउने, आत्मबल बढाउने र आफु र आफ्नो शरीरलाई समय दिनु पर्दछ । प्रशस्त व्यायाम, निन्द्रा, भोक वा यौन चाहाना जगाउने प्रयास गर्नु पर्दछ। यसले बिस्तारै डिप्रेसनको समस्या कम हुदैँ जान्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : ११ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको