साङ्लालाई कसरी भगाउने ? « Khabarhub

साङ्लालाई कसरी भगाउने ?


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्याउँछ ।

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भनेसमेत केही दिनसम्म यो जीवित रहन सक्छ । यो प्राय: भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकुल नहुने गरी घरको सरसफाई गर्नु । किनभने सफा र उज्यालो र सफा स्थान साङ्लालाई अनुकुल हुदैँन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनैपनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २० बजे

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै